साउन २९ – विदेशमा लुकाइएको कालो धन भारतमा ल्याउनुपर्ने माग गर्दै संसद भवन घेराउ गर्न जाने क्रममा भारतीय योग गुरु रामदेवलाई प्रहरीले पक्राउ गरेको छ ।
रामदेवलाई नयाँ दिल्लीको रञ्जित सिंह फ्लाई ओभरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यहाँ रामदेवलाई प्रहरीले प्रक्राउ गरेपछि उनका सयौँ समर्थक विरोधमा उत्रिएका थिए । रामदेवलाई राखिएको बस समर्थकले अघि बढ्न अवरोध सिर्जना गरेपछि त्यहाँ तनावको अवस्था समेत सिर्जना भएको थियो ।
तर रामदेवले आफ्ना समर्थकलाइ शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आग्रह गरेका छन् ।
यसअघि रामलीला मैदानमा पुगेर भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडकरीले रामदेवको आन्दोलनमा समर्थन जनाएका थिए ।
सो क्रममा राष्ट्रिय जनतान्त्रिक गठबन्धनका संयोजक तथा जनता दल युनाइटेडका अध्यक्ष शरद पनि त्यहाँ पुगेका थिए ।