साउन २६ – विश्वकै सबैभन्दा लामो तथा ठूलो पर्खाल ग्रेटवाल भारी वर्षाका कारण भत्किन पुगेको छ ।

चीनमा अवस्थित उक्त ग्रेटवालको एक भाग उत्तरमा रहेको हेबेई प्रान्तमा भारी वर्षा र मुसलधारे पानीले ढलेको चीनको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

सो पर्खालको ३६ मिटर भागमा क्षति भएको बताइएको छ । चिनियाँ अधिकारीहरुले सो क्षतिग्रस्त ग्रेटवालको मर्मत कार्य जारी राखेको बताईएको छ ।

सो भत्किएको पर्खालको भागको नजिकै अर्को भाग पनि चर्किएको प्राप्त समाचारमा जनाइएको छ ।

गत महिना चीनमा भारी बर्षाले ६० बर्षको रेकर्ड नै तोडेको थियो । जसमा परि ७९ जना मानिसले ज्यान समेत गुमाएका थिए । सोही वर्षाका कारण ग्रेटवालमा समेत क्षति पुगेको हो ।

चीनको हेबेई प्रान्तमा प्राचिन पर्खालको निर्माण सन १३६८-१६४४ को बिचमा भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।