साउन २५ – सिरहाको एक होटलमा आज साँझ बम विस्फोट भएको छट । आज साँझपख सिरहाको खड्का होटलमा एउटा बम विस्फोट भएको हो भने अर्को बम राखिएको अवस्थामा फेला परेको छ ।

बम होटलको काउण्टरमा पड्किए पनि त्यस बेला त्यहाँ कोही पनि नभएकाले कुनै पनि मानविय क्षति भने नभएको बताइएको छ ।
बम विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म केही पनि खुल्न सकेको छैन तर अहिले होटललाई भने सुरक्षाकर्मीले घेराहाली अनुसन्धान गरिरहेको छ ।

होटलभित्र अहिले कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । (सौजन्यः फोटो सम्बन्धित समाचार भन्दा बाहिरबाट)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।