साउन २४ – अमेरिकाको चुनावमा नेपाली उम्मेदवारले प्रारम्भिक चरणबाटै हार बेहारेका छन् ।

अमेरिकी कंग्रेसम्यानका लागि नेपाली मुलका दर्शन रौनियारले डेमोक्रयाट् पार्टीका तर्फबाट मनोनयनका लागि मंगलबार सम्पन्न प्रारम्भिक चरणबाट हार बेहोरेका हुन् ।

सो चुनावले आगामी नोभेम्बरको अन्तिम चरणको लागि डेमोक्रयाट् र रिपब्लिकन पार्टीको तर्फबाट क्रमशः सुजन डेलबेन र जोन कोस्टरलाई निर्वाचित गरेको छ ।

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेन्टिभस्’ को वासिङ्टन राज्यको एक नम्बर डिस्ट्रिकको प्रारम्भिक चरणको चुनाव मंगलबार भएको थियो ।

रिपब्लिकन उम्मेदबार कोस्टरले सबैभन्दा बढी ४७ दशमलब १३ प्रतिशत एवम डेमोक्रयाट् डेलबेनले २३ दशमलब २४ प्रतिशत मत प्राप्त गरे ।

वासिङटन राज्यका सेक्रेटरी अफ स्टेटले जनाएका अनुसार रौनियारले भने दुई दशमलब ३१ प्रतिशत मत प्राप्त गर्दै चुनावी अभियानबाट पाखा लागेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।