साउन २४ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा आगो सल्किए पनि दमकल भने शितल निवासमा थन्किएको बताएका छन् ।

रफत सञ्चार क्लबले भक्तपुरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा आगो लागेको र दमकल शितल निवासमा कोचिएरको बसेको भन्दै शितल निवासभित्रको दमकलले आगो निभाउनुपर्ने बेला आएको पनि बताए ।

कार्यक्रममा उनले देश संकटमा फसेको बेला राष्ट्रपतिले बाँसुरी बजाएर बस्न नहुने पनि बताए ।

देश संकटमा परेको बेलामा देशलाई निकास दिुनर्पेमा राष्ट्रपतिले बाँसुरी बजाएर बसीरहेको र त्यसरी बस्न नहुने उनको भनाई छ ।

कार्यक्रममा उनले अहिलेको राजनीतिक अन्यौलता अन्त्य गर्न राष्ट्रपतिले संवैधानिक कदम चाली बाबुराम सरकार बर्खास्त गर्नुपर्ने बताए ।

देशको शान्ति सुरक्षा, अस्तव्यस्त रहेको, आर्थिक अवस्था डामाडोल भएको बेलामा दलहरुले बालुवाटार घेरेर प्रधानमन्त्री भट्टराईलाई राजीनामा गराउन बाध्य पार्नुपर्ने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।