ओलम्पिक इतिहासमा सउदी अरबबाट पहिलो पटक मुस्लिम महिलाले बुर्का छोडेर स्काप लाउँदै प्रतिस्पर्धा गरेकी छन् ।

लण्डनमा जारी ओलम्पिकको खेलकुद महाकुम्भमा साउदीकी ओज्दान शाहेरखानीले थाहा पाएदेखि लाउँदै आएको बुर्कालाई छोडेर टाउँकोमा स्काप बादेर प्रतिस्पर्धा गरिन ।

लण्डन ओलम्पिकमा सहभागिता जनाउँने उनी मात्र एक मुस्लिम महिला खेलाडी भने होइनन । कतार र ब्रुनाइबाट समेत मुस्लिम महिलाले ओलम्पिकमा सहभागिता जनाएका छन् ।

अन्य खेलाडी हापप्यान्ट र टिसर्टमा ठाटिएर खेल प्रदर्शन गरिरहेका ठाउँमा उनले भने अनुहार खुल्ला गरे पनि टाउकोमा भने स्कार्फ बाँधेरै प्रतिस्पर्धा गरिन । ओलम्पिक प्रतियोगितामा प्रत्येक देशले पुरुष खेलाडीलाई सहभागि गराउँने प्रचलन तोडिएको अवस्थामा मुस्लिम महिलाले बुर्का खोलेर प्रतिस्पर्धामा भाग लिएको भने यो पहिलो पटक हो ।

साउदी अरबबाट ओलम्पिकमा सहभागिता जनाएकी ओज्दानले रेफ्रीले बजाएको सिटीले मात्र नौलो अनुभुती दिएको बताएको विभिन्न सञ्चार माध्ययमले उल्लेख गरेका छन् । त्यस्तै ओज्दानले ओलम्पिक सहभागिताको उत्साहालाई यसरी बाडेकी छन् ‘हो, मेरो सपना आज यथार्थमा परिणत भएको छ ।’

पुरुषका अगाडि अनुहार समेत देखाउँन नपाइने चरम पितृसतात्मक समाजमा हुर्केका महिलाले यस वर्षबाट ओलम्पिकमा सहभागिता जनाउँदै नयाँ रेकर्ड बनाएका हुन । बुर्काको बन्देजमा बसेका महिलाले राष्ट्रको झन्डा बोकेर ओलम्पिकको उद्घाटनमा मार्च पास गर्नुमा विश्वका मानवअधिकारकर्मीहरुको दबाब मुस्लिम राष्ट्रमा परेको प्रष्ट थाहा हुन्छ ।

जुडो खेलको प्रतिस्पर्धामा सहभागिता जनाउँन ओलम्पिकमा पुगेकी शाहेरखानीको खेलको भन्दा पनि त्यहाँ उनले लगाएको कपडाको चर्चा बढी भएको छ ।

उनले हिजाब नामक मुस्लिम महिलाले लगाउँने एक कपडा लगाएर खेलमा सहभागिता जनाएकी हुन । कपडाबाट स्वतन्त्र बनेर खेल्नुपर्ने खेलमा समेत मुस्लिम महिलालाई धर्मले प्रतिबन्ध लगायो तर मुस्लिम महिलाका मनले स्वतन्त्र रुपमा लण्डन ओलम्पिकबाट खेलकुद महाकुम्भमा पाइला टेकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।