साउन २३ – राजधानी आउँदै गरेको एक बस आज बिहान धादिङको सिम्लेमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घनामा अन्य १६ जना घाइते भएका छन् ।

बुटवलबाट यात्रु बोकेर आउँदै गरेको लु १ ख ७०५१ नम्बरको बस धादिङको भुमिस्थान ६ सिम्लेमा दुर्घटना भएको हो ।

घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । त्यहाँ स्थानीयवासीका साथै प्रहरीको सक्रियतामा उद्धार कार्य जारी राखिएको छ ।

मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण पनि खुलेको छैन ।

उक्त बस तिब्र गतिमा रहेकाले दुर्घटनामा परेको हुन सक्ने अनुमान छ । आज एमाले निकट युवा संघले ६ बजेदेखि १० सम्म नेपाल बन्दको घोषणा गरेकाले उक्त समयभन्दा अगाडी बस गन्तव्यमा आउनका लागि तिब्र गतिमा चलाइएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।