साउन २२ – लण्डन ओलम्पिकमा खेलको सुरुवातदेखि नै पदक तालिकामा अग्रस्थान कायम राख्दै आएपनि दुई दिन अगाडी भने अमेरिकासँग पछि पर्न पुगेको चीनले पुनः अमेरिकालाई पछि धकेल्दै ३० स्वर्णका साथ पदक तालिकामा अग्रस्थान कब्जा गर्न सफल भएको छ ।

चीन अहिलेसम्मको खेलमा ३० वटा स्वर्ण पदक हात पार्दै अग्रस्थानमा सुरक्षित छ भने २८ स्वर्ण पदकसहित अमेरिका दोस्रो स्थानमा ओगटिएको छ ।

लण्डन ओलम्पिकमा पदक तालिकाको अग्रस्थान कसले जित्ने भन्नेमा चीन र अमेरिकाको घम्साघम्सी अहिले पनि जारी छ ।

खेलको सुरुदेखि नै चीन अग्रस्थान सुरक्षित सफल भएपनि दुई दिन अगाडीको खेलमा भने एक स्वर्णले अमेरिकासँग पछि धकेलिएको थियो । तर त्यसपछि चीनले खेलमा सुधार ल्याउँदै पुनः अमेरिकालाई जित्न सफल भएको छ ।

ओलम्पिक अन्तर्गत नै तेस्रो स्थानमा भने बेलायत १६ वटा स्वर्ण पदकका साथ रहेको छ । यस्तै चौथो स्थानको दक्षिण कोरीयाले १० वटा स्वर्ण पदक जितेको छ । ८ स्वर्ण पदक जितेको फ्रान्स भने पाँचौ स्थानमा रहेको छ ।

नवौ दिनको समाम्ति सम्म १ सय ६१ वटा स्वर्ण पदकको छिनोफनो हुँदा ३६ राष्ट्रले स्वर्ण पदक जितेका छनन् भने ६१ देशले पदक तालिकामा आफ्नो नाम लेखाई सकेका छन् ।

लण्डन ओलम्पिकमा नेपालको पनि सहभागिता रहे पनि कुनै पदक तालिकामा नाम खेलाउन भने चुकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।