यो संसारमा कहिले कहीँ अचम्म अचम्मका परि परिघटनाहरु घटिरहेका हुन्छन् । ती घटनाहरु सुन्दा या पढ्दा हाँस उठ्दा, अपत्यारिला त हुने नै भए ।

त्यस्तै घटनामध्यै पाकिस्तानमा पनि एउटा घटना घटेको छ । त्यहाँको घटना पनि बढो हाँस उठ्दो छ । घटना पुलिसलाई घुस नबुझाउँदा नाङ्गै परेट खेलाएको हो ।

त्यहाँ प्रहरीले एक जना महिला र एक जना पुरुषलाई नाङ्गानाङ्गै परेट खेलाएको छ । पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट शहरमा यस्तो घटना घटाइयो कि प्रहरीलाई मासिक रुपमा बुझाउनुपर्ने घुस नबुझाएपछि नाङ्गै बनाएर परेट खेलाईएको हो ।

घटनाले चर्चा पाएसँगै स्थानीय प्रशासनले गम्बट प्रहरी चौकीका प्रमुख सहित दुइ प्रहरी अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेको छ । यदि यो घटना पुष्टि भएमा दोषी प्रहरी अधिकारीलाई सख्त कारवाही हुने उच्च प्रहरी अधिकारीको भनाइ छ ।

तर सम्बन्धित प्रहरी अधिकारीहरुले भने यो घटनाप्रति आपत्ति जनाउँदै आरोपको खण्डन गरेका छन् । उनीहरुले आरोपको स्वीकार गरेका छ्रैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।