साउन २१ – जबरजस्ती रुपमा करणी गर्न खोज्ने चार जनालाई झापाका अलग–अलग स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।


झापाको मेचीनगर–३ की आठ वर्षीया बालिकालाई सामूहिक यौन दुव्र्यवहार गरेको अभियोगमा स्थानीय रोहित परियार, अनिष राई र तमर रम्तेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अभियुक्तहरुले साउन १७ गते बालिकालाई सामूहिकरुपमा दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, चारपाने–६ का ५५ वर्षीय सङ्गुल राजवंशी सुस्त मनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।

किशोरीका अभिभावकले इन्सेक झापामा न्यायको माग गर्दै निवेदन दिएपछि इलाका प्रहरी कार्यालय विर्तामोडले राजवंशीलाई पक्राउ गरेको जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।