साउन २१ – अहिले हाम्रो देशमा राजनीतिक संक्रमणका कारण अस्तव्यस्त छाएको छ । यो अवस्था अब नेपाली सेनामा पनि सिधा रुपमा पर्ने देखिएको छ ।

सेनामा पनि राजनीति हुन सुरु भएमा या त सेनामा पनि विदेशी शक्तिको चलखेल सुरु भएमा त्यो अहिलेको राजनीतिक संक्रमण भन्दा देश र जनताका लागि सयौँ गुणा हानिकारक मान्न सकिन्छ ।


किन की सेना भनेको देशको यस्ता खम्बा हो अनि त्यसैमा राजनीति या विदेशी चलखेल सुरु भएमा त्यो धेरै खतरा हुनेछ ।

पछिल्लो समय देशमा जति राजनीतिक संक्रमणकाल जारी रह्यो । यो अवस्थामा प्रधानसेनापति छत्रमानसिंह गुरुङको भूमिकालाई हेर्दा उनी निक्कै कार्यकुशल ठहरिएका छन् ।

उनकै कार्यकालमा जनमुक्ति सेना समायोजनको कामले एउटा स्थान समेत पायो । दलहरु सत्ताका लागि जे पनि गर्न तयार रहँदा सेना कुनै दलहरु जस्तो नबनेर तटस्थ बन्नु । आदिले पनि उनको कार्यकुशलता राम्रो मान्न सकिन्छ ।

तर अब, उनको कार्यकाल सकिदैछ । उनको कार्यकाल सम्पन्न हुन नेपाली सेनाको विषयमा आशंका र त्रास समेत उब्जिन थालेको छ ।

यतिसम्म की लगभग अबको सेनापतिमा वरीयताक्रममा एक नम्बरमा रहेका बलाधिकृत रथी गौरवशमशेर राणा हुने निश्चित जस्तै भएको छ ।

तर उनी प्रधानसेनापति हुन पूर्व नै दक्षिण हावा उनीमाथि हावी भएर कतै देशमा केही हुने त होइन भन्ने सम्मका कुराहरु चल्न थालेका छन् ।

एकथरी विश्लेषकहरुको भनाई मान्ने हो भने भारतले नेपालमा जहिल्यै संक्रमणकाल लम्ब्याउन चाहन्छ । उसले यस्तै संक्रमणकालकै फाइदामा तिब्बतसम्म आफ्नो पहुँच पुर्याएर चीनलाई टुक्राउन चाहन्छ त्यसैले भारत नेपालमा कहिले गणतन्त्रको खेल खेलाउँछ त कहिले राजतन्त्र या त प्रजातन्त्र । ती विश्लेषकहरु त भन्छन्- ‘यस्तै यस्तैमा अब एक पटक नेपालमा सैनिक शासन पनि लाग्न सक्छ । तर कुनै पनि निष्कर्षमा भने पुगन पाउँदैनन् ।’

यस्ता विश्लेषण कति सही बन्लान त्यो त भविष्यले नै बताउँला ।

तर प्रधान सेनापति छत्रमान सिंह गुरुङ २४ साउनबाट बिदामा बस्ने भएपछि मन्त्रिपरिषद्को बैठकले राणालाई कामयमुकायम प्रधान सेनापतिको जिम्मा समेत दिईसकेको छ ।

सेनामा एक महिनाअघि नै बिदा बस्ने परम्परा भएकाले उनी साउन २४ गतेदेखि अनिवार्य बिदामा बस्न लागेका हुन् ।

यसअघिसम्म नेपाली सेनामा बलाध्यक्ष रथी नेपालभूषण चन्द र बलाधिकृत रथी राणा भावी सेनापतिको चर्चाका शिखरका पात्र हुन् । तर, दक्षिणी छिमेकी राष्ट्रको निकट मानिएकाले नै राणाले पहिलो स्थान जमाएका हुन् ।

नेपाली सेनामा बलाध्यक्षभन्दा बलाधिकृत रथी शक्तिशाली मानिन्छ । त्यसैले पनि यसअघि, सिनियर भए पनि रथीमा बढुवा हुँदा राणालाई बलाध्यक्ष रथीको जिम्मेवारी दिएको थियो भने दोस्रो नम्बरमा रहेका रथी नेपालभूषण चन्दलाई बलाधिकृत रथीको जिम्मा दिइएको थियो । तर पछि दक्षिणी हावाको आशिर्वादले एकाएक राणा अगाडी आउन सफल भए ।

दोस्रो नम्बरमा रहेका चन्दलाई बलाधिकृत बनाएपछि भावी प्रधानसेनापतिमा चन्द र राणाको प्रतिस्पर्धा हुने चर्चा चले पनि सेनापति गुरुङले एक महिनाअघि राणालाई बलाधिकृत रथी र चन्दलाई बलाध्यक्ष रथीमा सरुवा गरे यो विषयले टुंगो पाएको थियो ।

तत्कालीन रक्षामन्त्री विष्णु पौडेलको पालामा प्रधानसेनापति गुरुङले राणा र चन्दको बढुवा फाइल एकैदिन रक्षा मन्त्रालयमा पठाएका थिए । जसलाई सरकारले फरक(फरक मितिमा पदोन्नति गरेको थियो । सरकारले राणाको २०६८ असार २२ मा र चन्दको त्यसको ६ दिनपछि बढुवा गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।