साउन २१ – झाडापाखालाका कारण डोटीको खातिवडा गाविस–७ रौकल्लामा एक महिलाको ज्यान गएको छ ।


हिजो दिउँसो २ बजे ५९ वर्षिया महिलाहरुली देवी साउँदको ज्यान गएको गाविस सचिव डवल बहादुर भाटले जानकारी दिए ।

उनकै घरका थप २ बालबालिका पनि झाडापाखालाबाट प्रभावित भएकोले खातिवडा उप–स्वास्थ्यचौकिबाट उपचारका लागि स्वास्थ्यकर्मिहरुको टोली त्यसतर्फ पठाईसकेको पनि सचिव भाटको भनाई छ ।

यो सँगै डोटीमा झाडापाखालाबाट ज्यान जानेको संख्या १३ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।