साउन २१ – एमाले निकट युवा संघले गरेको चक्काजामका कारण राजधानीबासी मारमा परेको छन् ।

आज बिहान भएको चक्काजामले उपत्यकाको जनजीवन प्रभावित भएको हो ।

 संघले आज बिहान ६ बजेदेखि १० बजेसम्म उपत्यका चक्काजाम आह्वान गरेको हो ।

 उपत्यकामा बिहान केही समय सवारी चलेपनि केही ठाउँमा सवारीसाधानमाथि तोडफोड भएपनि अहिले भने सवारी साधन गुड्न सकेका छैनन् ।

सडकमा बन्दकर्ताहरु कमै मात्रामा देखिए पनि सुरक्षा अभावका कारण पनि डरले सवारी चल्न नसकेका हुन् ।

बाबुराम भट्टराई सरकारले राजीनामा दिनुपर्ने माग राखेर युवा संघ सडकमा उत्रिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।