साउन २० – चितवनमा आज एक वृद्धले पाँच वर्षिय बालिकालाई करणी गरेपछि उनलाई स्थानीयले प्रहरीसमक्ष बुझाएका छन् ।
भरतपुर नगरपालिका–११ गणेशस्थान निवासी ७० वर्षिय शेरबहादुर मगरले स्थानीय पाँच वर्षिया बालिकालाई करणी गरेको भन्दै टोलबासीहरुले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएका हुन् ।
कोही नभएको मौका छोपी छिमेकीको घरको पिँडीमा हिजो दिउँसो स्थानीय अवोध बालिकालाई लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीयवासीले देखेपछि उनी रङ्गेहात समातिएको बताइएको छ ।
त्यसरी पक्राउ परेपछि उनलाई तत्काल नै प्रहरीको मा बुझाईएको थियो ।
|
|
Comments








