महिलाहरु पुरुषबाट के चाहन्छन् भन्ने उत्तर त को सँग पो होला र ? तर पनि वैवाहिक जीवनमा यस्ता कुरा थाहा पाई राख्न भने आवश्यक पनि छ ।

वैवाहिक सम्बन्धकै कुरा गर्ने हो भने त एक अर्कामा विश्वास हुनु, समस्याहरु साटासाट गरेर समाधान खोज्नु आदि कुरा नै मुख्य हुन सक्छन् । यद्यपी महिलालाई खुसी राख्न या त, महिलाहरु पुरुषसँग यस्ता सात कुरा चाहन्छन् भनिएको छ :


१. सुपर म्यानः महिलाहरु सुरक्षित हुन चाहन्छन्,त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य रहेको पुष्टी गर्नुहोस।

२.वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुष महिलाको रोजाइमा पर्देनन् । त्यसले दिनऔं नुहाउनुस र डिओडोरेन्ट वापरफ्युम प्रयोग गर्नुस। परफ्युम प्रयोग गर्दा पनि सही गन्धको छनोट गर्नुहोस ।

३.सरप्राइजः लुगा,किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।

४.पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ। यदी तपाई लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस। झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।

५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस। भद्दा शरिर,ठुलो पेट महिलाहरु मन पराउँदैनन्।

६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ लुगालाई प्राथमिकतामा राख्नुस,अस्तव्यस्त तरिका हिड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन्।

७.हातको जादुः तपाईले राम्रो र महंगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा आफ्नै हातले केही मिठो पकाएर खुवाउन
सक्नु भयो भने त्यो जिन्दगी भर भुल्दैनन् महिलाहरु। त्यसैले पकाउन पनि सिक्नुस।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।