साउन १९ – एसएलसी पुरक परीक्षाको अनिवार्य गणित विषयको परीक्षामा अनियमितता गरेको भन्दै जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासनमा परेका छन् ।

निष्कासन हुनेमा जुनी बाल संरक्षण केन्द्रका शिक्षक धिरेन्द्र सिंह र पन्चाला माविका रामबहादुर शाही छन् ।

उनीहरूले परीक्षा चलिरहेको अवस्थामा मूल कापी नै बाहिर लगेर हल गरेको आरोप लागेको छ ।

अनुगमनमा खटिएका पत्रकार र सरकारी अधिकारीले रङ्गेहात यो अवस्थामा फेला पारेका हुन् । परीक्षामा सहभागी विद्यार्थीहरूलाई बस्ने ठाउँको अभावमा भुइँमा राखेर परीक्षा गराइएको थियो । भुइँमा बसेर परीक्षा दिँदा निकै समस्या उत्पन्न भएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।