साउन २० – प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादव चढेको गाडीको चाबी एमाले निकट युवा संघले कब्जा गरेको छ ।

गाइजात्राको दिन शुक्रबार सार्जजनिक बिदा रहेको र आज उनले चढेको गाडीको चाबी युवा संघका कार्यकर्ताले खोसेका हुन् ।


युवा संघले सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउनेको चाब िखोस्ने काम केही दिनदेखि गर्दै आएको छ ।
युवा संघले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको गाडीको चाबी खोसेपछि प्रहरीलाई बुझाएको थियो भने यादवलाई गाडीबाट ओरालेर गाडी भने बानेश्वर प्रहरीमा बुझाएको थियो ।

यसैबीच, युवा संघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज बारा युवा संघले काम चलाउ सरकारको विरोधमा आज कलैयामा आधा घण्टा चक्काजाम गरेको छ ।

युवा संघ बाराले कलैयास्थित मुख्य चोकमा आधा घण्टा चक्काजाम गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।