साउन २० – राष्ट्रपति डा. रामवरण यादवको व्यक्तिगत निमन्त्रणामा आएका भनिएका भारतीय जनता पार्टीका बरिष्ठ नेता यशवन्त सिन्हाको नेपाल भ्रमणबारे नयाँ नयाँ रहस्योदघाटन भएका छन् ।
यतिसम्म की उनको भ्रमण र कुटनीतिक प्रोटोकलबारे प्रधानमन्त्रीले समेत नजिकबाट चासो व्यक्त गरेका छन् ।
सिन्हा व्यक्तिगत भ्रमणमा नेपाल आएको भनेर आएपनि उनको नेपाल भ्रमण र त्यसपछिको उनका क्रियाकलापले उनी व्यक्तिभन्दा पनि नेपाल सरकारकै निमन्त्रणमा नेपाल भ्रमणमा आएको जस्तो देखिएको छ ।
त्यसो त उनले बसेको र्याडिसन होटलको बिल भर्पाइ पनि राष्ट्रपति कार्यालयबाटै भएको थियो भने भेटघाटका तालिका मिलाउने काम समेत राष्ट्रपति कार्यालयले गरेको खुलासा आज कान्तिपुरले उल्लेख गरेको छ ।
यता, व्यक्तिगत भ्रमणमा भनेर नेपाल आएका सिन्हाले प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शुशिल कोइराला, नेता शेरबहादुर देउवालगायतसँग पनि कुटनीतिक तवरबाटै भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयले भने सिन्हालाई राष्ट्रपति यादवको व्यक्तिगत पत्रमा निमन्त्रणा भएको र त्यही सूचना पाएपछि बिमानस्थलमा अति बिशिष्ठ कक्ष सुपिधा उपलब्ध गराउनेसम्मको समन्वय परराष्टबाट भएको बताएको छ ।
कुटनीतिक सूचना र संयन्त्रबिनै यसरी भ्रमण निमन्त्रणा गर्न मिल्नेरनमिल्ने भनेर प्रधानमन्त्रीले उनको भ्रमणबारे चासो समेत व्यक्त गरेका हुन् ।
|