साउन १९ – देशभर नै परेको वर्षाका कारण गुल्मीको ठुलोलुम्पेक गाविस – २ मा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

स्थानीय नेत्र रानाको अनुसार पहिरोमा पुरिएर घनश्याम वि।क।को श्रीमती र तीन सन्तानको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीय छोरा उमेश वि.क, ११ वर्षीय छोरी मुना र ६ वर्षीय छोरी विपनाका साथै घनश्यामकी पत्नी ३९ वर्षीय भवि वि.क छन् ।

ठुलो लुम्पेकको ५ नं वडाको दानसिंग जाने मोटरबाटोको छेउ भासिएर गएको पहिरोले वि.क परिवारको कच्ची घर पुरेको थियो । घर मुली घनश्याम वि.क र १० वर्षको छोरा केशर वि.क भने स्थानीय बासिन्दाको तत्कालै उद्धार पाएर सुरक्षित भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।