धादिङ जिल्लाको साङ्कोष गाविस वडा नं १ आपस्वारामा बिहीबार बेलुका एक युवाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थिङका अनुसार सोही वडाको देवस्थान निवासी ३४ वर्षीय स्वथ्यबहादुर गिँदेल मगरेको राति दुई युवकले हत्या गरेका हुन् ।

छिमेकी रेगमान तामाङ र विमल मगरले धारिलो हतियार प्रयोग गरी साङकोष–१ डुढे चौतारा नजिक बाटोमा नै मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नहरू फरार रहेकाले प्रहरीले खोजी गरिरहेको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।