साउन १८ – जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेत खेतमा गएर भ्यागुताको पूजा गरी भात खुवाएका छन् ।

वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाएर यो परम्परा धानेका हुन् ।

भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भत्रे गरिन्छ । खेतमा कीरा मारेर अत्र उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेत खेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसानहरू बताउँछन् ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीराफट्याङ्ग्रा र भ्यागुतालाई मारेको पापमोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।