मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी नेपालको प्रतिनिधि तथा मिस नेपाल सृष्टि श्रेष्ठको मिस वर्ल्ड–२०१२ को मल्टिमिडिया अवार्ड हात पार्ने सम्भावना नजिक छ । तर नेपाली फेसबुककर्ता सक्रिय नभएकाले एउटा नेपालको अवसर गुम्ने हो कि भन्ने शंकाहरु उब्जिन थालेका छन् ।

मिस वर्ल्डमा सहभागि भए मध्धे ४७ जना प्रतियोगीहरुलाई आफ्ना तस्विर भिडियो र स्टाटसहरु सामाजिक सञ्जालमा अपडेट गर्न दिइएको छ ।

यसबाट उनिहरु प्रत्यक्ष रुपमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न सक्छन् । फ्यानहरुको संख्या र सामाजिक सञ्जालमा फ्यानहरुको सक्रियताको आधारमा उनिहरुको भोटिङ हुन्छ । जसले बढि भोट प्राप्त गर्दछ उसले नै यो अवार्ड पाउँदछ । त्यसमा नेपाली फेसबुककर्ता अलिक सक्रिय भईदिने हो भने यो अवार्ड नेपालको कब्जामा पर्ने निश्चित पनि छ । तर नेपाली फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुको निस्क्रियताले कतै अवसर गुम्न जाने त होइन भनेर पनि शंका उब्जिएको छ ।

अहिलेसम्म अर्थात यो सामग्री तयार गरिरहँदासम्म मल्टिमिडिया अवार्डको लागि अग्रस्थानमा थाइल्यान्डकी भानेसा फुयाङले फेसबुकमा १ लाख १८ हजार १ सय ३५ र ट्विटरमा १६ हजार १ सय ११ फ्यानहरु बनाउन सफल भएकी छिन् यो अहिलेसम्मको उच्च भोटिङ हो ।

त्यसपछि भने उनकै निकटम प्रतिद्धन्द्धि नेपालकी सृष्टि श्रेष्ठको फेसबुकमा १ लाख ८ सय ३० र ट्विटरमा १ हजार४ सय ६२ फ्यानहरु बनेका छन् ।

त्यस्तै गरी तेस्रो वरियाताक्रममा रहेकी चिलीका क्यामिलाको फेसबुकमा ४३ हजार २ सय ६२ र ट्विटरमा ६ हजार ४ सय फ्यानहरु बनेका छन् । तपाईले मिस वर्ल्डमा नेपाललाई यहाँ तलको लिंकमा लाइक गर्नुहोस :


मिस नेपाल अर्थात नेपालबाट मिस वर्ल्डमा सहभागीता जनाएपछि उनले गरेका फोटो सुटहरु भने यस्ता छन् :

मिस वर्ल्डमा सहभागीता जनाएपछि सृष्टि श्रेष्ठले गरेको उत्तेजक भिडियो सुट : 



  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।