साउन १६ – दैनिक ७०० भन्दा बढी बिरामी उपचारार्थ मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको आन्दोलनका कारण बिरामीले पाउन नपाउनुको सास्ती भोग्न परेको छ ।

पश्चिमाञ्चलकै ठूलो अस्पतालका रूपमा रहेको उक्त अस्पतालमा चिकित्सकको आन्दोलनका कारण उपचार सेवा प्रभावित भएपछि बिरामीहरु मर्कामा परेका हुन् ।

अस्पतालमा जाने गरेकामा चिकित्सकहरू ‘पेन डाउन’ गर्दै आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका हुन् । आकस्मिक बाहेकका सेवा बन्द गरी विगत तीन दिनदेखि चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल आएका बिरामी त्यसै फर्किन बाध्य छन् ।

समयानुकूल तलब वृद्धिको माग गर्दै अस्पतालका नेपाली तथा विदेशी चिकित्सकहरू अनिश्चितकालीन आन्दोलमा उत्रिएका हुन् ।

आन्दोलित चिकित्सकहरूले दुई वर्षदेखिको मूल्यवृद्धिको अनुपातमा तलब तथा सेवासुविधामा वृद्धि हुनुपर्नेबारे अस्पताल प्रशासनसमक्ष आफूहरूले एक महिनाअघि नै माग प्रस्तुत गरे पनि प्रशासनले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

उनीहरूले माग पूरा नभएसम्म काममा नफिर्कने चेतावनी समेत दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।