साउन १५ – अदालतले कुनै भ्रष्टचारीलाई भ्रष्टचारी भनेर ठहर गर्दा कहीँ कतै विरोध भएको सुन्नु भएको छ ? छैन भने अब अचम्म नमान्दा हुन्छ । पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई अदालतले भ्रष्टचारी ठहर गरेको विरोधमा नाराजुलुस लाग्न थालेको छ । उनीहरुको माग थियो जोशी भ्रष्टचारी होइनन् रे ।

जोशी भ्रष्टचारी नभएको भन्दै जोशीको समर्थनमा आज जोशीका समर्थकहरुले विरोधसभा समेत गर्न भ्याए ।

जोशी पक्षधर कार्यकर्ताले अदालतको आदेशविरुद्ध आज तनहुँको दमौलीमा विरोधसभा आयोजना गरेका हुन् ।

विरोधसभामा उनीहरुले जोशीको पक्षमा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले पृथ्वी राजमार्गको दमौलीस्थित मुख्यचोकमा चक्काजाम गरेर अदालतका विरोधमा पनि बोल्न थालेपछि प्रहरीले जोशी पक्षधर नौजना कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वसभासद् उर्मिला थापा, महाधिवेशन प्रतिनिधि कृष्ण गौतम, क्षेत्रीय प्रतिनिधि विष्णु श्रेष्ठ, बन्दिपुर गाविस सभापति ज्ञानेन्द्र अधिकारी, जिल्ला सदस्य गोपाल भण्डारी, उदय गौलीलगायतका रहेका छन् ।

आफ्ना नेताहरु पक्राउ परेपछि जोशी पक्षधर कार्यकर्ताहरुले जुलुस प्रदर्शन गर्दै अनसन चौतारीमा कोणसभा गरेका थिए ।

जोशीलाई केही दिन अगाडी विशेष अदालतले भ्रष्टचारी ठहर गरेको थियो । त्यससम्बन्धि समाचारका लागि यहाँ तल क्लिक गर्नुहोस :
अर्का भ्रष्टचारी, पूर्व मन्त्री तथा कांग्रेसी नेता जोशीलाई डेढ वर्ष कैद र २ करोड जरिवाना

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।