साउन १३ – पाल्पाको जोर्ते भन्ने स्थानमा जिप दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

पाल्पा तम्घाँस सडकखण्डको जोर्तेमा शनिबार बिहान भारती जिप दुर्घटना हुँदा घटनास्थलमै १४ जनाको मृत्युभएको हो । दुर्घटनामा अन्य दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृतक ८ महिला, चार जना बालबालिका र दुई जना पुरुष छन् । गम्भिर घाइते भएका ३० वर्षीय सत्यन्द्र राना र १० वर्षीय निलेश रानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको छ ।

सदरमुकाम तानसमेनबाट २५ किलोमिटर टाढा भएको दुघर्टना शुक्रबार राति ११ बजेतिर भएको हुनसक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरीनायब उपरीक्षक मीरा चौधरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।