साउन १० – अब कुनै पनि एक उम्मेदवारले अर्को ठाउँबाट उठ्न नपाउने भएको छ । अत उदाहरणका लागि यसअघिको संविधानसभाको निर्वाचनमा प्रचण्डले रुकुम र काठमाडौँ दुवै ठाउँबाट आफ्नो उम्मेदवारी दिएका थिए अब त्यसरी कसैले पनि दुई ठाउँबाट उम्मेदवारी दिन नपाउने भएका हुन् ।
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा अब एक निर्वाचनका लागि एक उम्मेदवारले मात्रै उम्मेदवारी दिन पाउने प्रस्ताव ल्याएको हो ।
निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उक्त प्रावधान ल्याएको हो ।
यसअघि एक उम्मेदवारले एक भन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिन पाउने प्रावधान रहेको थियो ।
अहिलेको नयाँ प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ ।
आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयन पत्र साथ सम्पत्ति विवरण र अदालती कारबाही सम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, निर्वाचन खर्च व्यवस्था आदिको पनि प्रस्ताव गरेको छ ।
|