Komal  Oli (Singer)

जसको पति नै छैन, उनैको एल्बमको शीर्षक ‘पतिदेवका लागि’ ?

मेरो नयाँ संग्रह पतिदेव हुने दिदीबहिनीहरूका लागि हो, मेरो चाहिं महादेवका लागि !

पतिदेवका लागि के-के गर्न सक्नुहुन्छ त ?

पतिदेवका सबै चाहना पूरा गर्न सक्छु। पतिदेवलाई पाल्न सक्छु, ख्वाउन सक्छु, घुमाउन सक्छु, उपहार दिन सक्छु, खुसी राख्न सक्छु।

जोईपोइमा त सेक्सले खुब महत्व राख्छ होइन ?

सेक्सले जोईपोइमा मात्रै महत्व राख्छ नि, होइन र ! जोईपोइ भन्दा परको सेक्स त अनैतिक भैहाल्यो नि।

तपाईंलाई सबैले सेक्सी गायिका भन्छन् तर सेक्सका कुराबाट भाग्नुहुन्छ नि ?

सेक्सी भनेको सुन्दरता हो, राम्री भनेको हो। एउटा कलम अथवा कुनै दृष्य पनि सेक्सी हुनसक्छ। त्यसैले सेक्सका कुरा गर्नबाट भाग्ने कुरै छैन।

तर तपाई वास्तवमै कामुक हुनुहुन्छ रे नि ?

म कामुक भएको कसले देख्यो र ? कसले महसुस गर्‍यो र ‘रे’ को कुरा आयो ? नदेखी, महसुस नगरी त्यत्तिकै ‘रे’ को कुरा गर्न पाइन्छ र  भन्या !

तपाईंलाई आफ्नो शरीरको कुन अंग सेक्सी लाग्छ ?

मेरो आँखा ! कुनै पनि पुरुषले मेरो आँखामा आँखा जुधाएर हेर्न सक्दैनन्। (साभारः साप्ताहिक)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।