साउन ९ – विश्वभाषा क्याम्पसमा नव गठित नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीको २४ सदस्यीय इकाई कमिटी गठन भएको छ ।

उक्त क्याम्पसका रोमश श्रेष्ठको संयोजकत्वमा १ सदस्य पछि थप्ने गरी २४ सदस्यीय इकाई समितिको निर्माण गरेको हो ।

दक्षिणपन्थी संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध संगठित हुने क्रममा विश्वभाषा क्याम्पसमा नेकपा–माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) को पाचौँ इकाई सम्मेलन सम्पन्न भएको इकाईद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

सो भेलामा अखिल क्रान्तिकारी नेवा राज्य संयोजक विरेन्द्र वस्नेतले संगठनको भावी कार्यक्रम र योजनाका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।