साउन ८ – नेकपा एमालेका असन्तुष्ट नेता राजेन्द्र श्रेष्ठले नयाँ पार्टी खोल्ने तयारी अन्तिममा पुगेको खुलासा गरेका छन् ।

आठौं महाधिवेशनले गरेको निर्णय विपरित बहुपहिचान सहितको सघिंयतामा जाने निर्णय गरिएकाले त्यसलाई नसच्याएर पार्टी फुटाउनुको विकल्प नरहेको उनको चेतावनी छ ।

रफ्तार सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता श्रेष्ठले आफुलाई बहुलबाद मान्ने पार्टी भएको दावी गर्ने एमालेभित्र तानाशाह प्रवृति हाबी रहेको समेत बताए ।

जनजातीका सवालमा एमाले सधै अनुदार रहेको टिप्पणी गर्दै उनले जनजाति भएकै कारण आफु २० वर्षदेखी एउटै पदमा बसिरहन बाध्य भएको गुनासो समेत गरेका छन् ।

कार्यक्रममा उनले एमाले आफनो नीति भन्दा कांग्रेसको पछाडि लागेर नेकपा कांग्रेसको चरित्र देखाएको आरोप लगाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।