साउन ८ – धरानमा अखिल क्रान्तिकारीले एक बसमा रहेका विद्यार्थीलाई उतारेर बसमा आगजनी गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलको को १ ख २२०४ नम्बरको विद्यार्थी बोकेको बसमा आगजनी भएको हो ।

नेकपा–माओवादीसमर्थित अखिल क्रान्तिकारीका विद्यार्थीले विराटनगरबाट विद्यार्थी लिएर धरानतर्फ जाँदै गर्दा चारकोसेझाडी सेउतीपुलनजिक विद्यार्थीलाई निकाली बसमा आगजनी गर्दा उक्त बसमा पूर्णरूपमा क्षति भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।