पोर्नस्टार सनी लियोनले अभिनय गरेको चलचित्र जिस्म २ प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गर्दै रिट परेको छ ।
लियोन अभिनित फिल्म ‘जिस्म २’ र सनी लियोनका बिरूद्ध भारतको इलाहाबाद स्थित उच्च न्यायालयमा रिट दायर भएको हो ।
पोर्नस्टार सनी लियोन अभिनित फिल्म ‘जिस्म २’ र सनी लियोनका बिरूद्ध भारतको इलाहाबाद स्थित उच्च न्यायालयमा एक रिट दायर गरिएको छ ।
फिल्ममा सनिको उपस्थिति र अभिनय माथि नै आपत्ति जनाइएको छ । रिटमा उनी जस्तो एक पोर्न स्टर यस फिल्ममा हुनुले समाजमा नराम्रो असर पर्ने उल्लेख छ ।
साथै फिल्ममा रहेको बोल्ड सीनहरूलाई लिएर पनि असन्तोष व्यक्त गरिएको छ । सनिले यस फिल्ममा पोर्न फिल्म कलाकारकै भूमिकामा अभिनय गरेकी छन् ।
पूजा भट्टद्वारा निर्देशित यो फिल्म आगामी तीन अगष्टमा रिलिज गरिन लागेको छ । यस फिल्ममा सनिका साथमा अरुणोदय सिंह र रणदीप हुडाले अभिनय गरेका छन् ।
|