साउन ७ – झापामा आज मलामी बोको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको भने २८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी शनिश्चरे–५ बस्ने वर्ष ४२ का निर्मल राजवंशी तथा वर्ष ३५ का बरुवा राजवंशी, शनिश्चरे–६ का बिरु राजवंशी र शनिश्चरे–९ का अरुण चौधरीको मृत्यु भएका बताइएको छ ।
झापाको शनिश्चरेबाट शवको दाहसंस्कार गर्न माइधार आएका उक्त गाडी फर्कने क्रममा पल्टिएको प्रहरीको भनाई छ ।
घाइतेहरुको उपचार बिर्तामोडस्थित अस्पतालमा भइरहेको छ ।
|
|
Comments








