साउन ७ – वीर अस्पतालमा उपचाररत मोरङका एक मृगौला रोगीलाई साढे सड्चालिस हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
काठमाडौँको महाँकालस्थान मन्दिर परिसरमा मागेर जीवन बिताउन बाध्य मोरङ, उर्लाबारी–३ घर भै हाल वीर अस्पतालमा डायलीसीस गराइरहेका मृगौला रोगी बन्द्रि भण्डारीलाई मकाउमा कार्यरत ज्ञान कुमार श्रेष्ठ र विश्वराज सिग्देलको अग्रसरतामा कारागार (जेल) एस.जी. एम, स्टार वल्र्ड फारेस क्यासिनोमा कार्यरत नेपालीहरुले पठाएको उक्त ४७ हजाचर सात सय सतहत्तर हजार आर्थिक सहायता प्रदान गरिएको हो ।
हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा. गुप्त बहादुर श्रेष्ठको प्रमुख आथित्य तथा मीरा श्रेष्ठ सभापति रहेको एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको एनएनचौतारी डटकमका संयोजक श्याम रोकाले बताएका छन् ।
भिडियो हेर्नुहोस
|