साउन ७ – बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको बा २ ख ७९४८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । आइतबार साँझ पाँच बजेर ३० मिनेटमा भएको दुर्घटनामा ठूलो संख्यामा यात्रुको मृत्यु भएको हो ।

लुम्बिनी अञ्चल कार्यालयका एसएसपी बमबहादुर भण्डारीले बताएअनुसार मृतकको सनाखत अझैसम्म हुन सकेको छैन । दुर्घटनास्थलमा उद्धारका लागि जिल्ला प्रहरी टोली पुगेको छ । फोर्स गाडी बाटोको छेउमा रहेको नरपानीको दहखोलामा खस्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

घटनास्थलमा पुगेका एक स्थानीयले फोनमा जानकारी दिएअनुसार गाडी दुई सय मिटर तल खोल्सामा फसेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।