काठमाडौँ, ३० साउन । मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट रु एक करोड २० लाख सहयोग गरेका छन् ।

कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा अाइतबार भएको मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

जसअनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन, उपसचिव र अधिकृतले तीन दिन, नायव सुब्बा र खरिदारले दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।

यसअघि मन्त्रालयले अविरल बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरी आवश्यक काम कारबाही अघि बढाइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।