साउन ७ – प्रतिद्धन्द्धी पीएल संगमालाई पाखा लगाउँदै प्रणब मुखर्जी भारतको १३ औँ राष्ट्रपति बनेका छन् ।
मुखर्जीलाई राष्ट्रपतिका लागि आवश्यक मत प्रात भइसके पनि मतगणना जारी रहेकाले औपचारिक घोषणा हुन भने बाँकी छ । अब मुखर्जीले २५ जुलाईमा सपथ लिनेछन् ।
मत गणनाको पछिल्लो परिणाम अनुसार मुखर्जीले ५ सय २७ मत पाएका छन् भने भने उनका प्रतिद्धन्द्धी संग्माले २ सय ६ मत प्राप्त गरेका छन् ।
प्रणबलाई प्राप्त भोटको मूल्य ५ लाख ५८ हजारबढी छ ।
राष्ट्रपचिमा निर्वाचन हुन ५ लाख २५ हजार १ सय ४० मूल्यको भोट आवश्यक पर्छ । मत गणनामा १५ सांसदको भोटलाई भने बदर गरिएको छ ।
ममता वेनर्जी नेतृत्वको तृणमुल कांग्रेसले समर्थन गरेपछि मुखर्जीको जित सुनिश्चित भएको थियो । प्रणवलाई समाजवादी पार्टी एसपी, बहुजन समाजवादी पार्टी बीएसपी, जनता दल युनाइटेड, शिव सेना तथा माक्सबादी कम्युनिष्ट पार्टी सीपीएमले पनि समर्थन गरेको थियो ।
संग्मालाई भने भारतीय जनता पार्टी बीजेपीका साथै अकाली दल, असम गण परिषद्, झारखण्ड मुक्ति मोर्चा लगायतले समर्थन गरेका थिए ।
|