साउन ७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करोडौँ पर्ने आफूले चढ्दै आएको सेतो रङको गाडी सरकारलाई नै फिर्ता गरेका छन् ।

हिजो मात्रै आफ्नो सम्पत्ति पार्टीकरण गर्ने घोषणा गरेका एमाओवादी अध्यक्ष प्रचण्डले सरकारले दिएको गाडी फिर्ता गरेका हुन् ।

प्रचण्डका सहयोगी शिव खकुरेलले प्रचण्डले चढ्दै आएको बा ६ च १०२९ नम्बरको गाडी आज प्रधानमन्त्रीको कार्यालयमा पुर्याएका थिए । प्रचण्डले अब पार्टीको नाममा रहेको मे १ च १६७३ नम्बरको गाडी प्रयोग गर्न थालेका छन् ।

अब प्रचण्डले सरकारले पूर्व प्रधानमन्त्रीलाई दिने सेवा सुविधा मात्रै प्रयोग गर्ने बताइएको छ ।

प्रचण्डले हिजो पार्टीको विस्तारित बैठकमा सरकारले दिएको महंगो गाडी नचढ्ने र लाजिम्पाटस्थित निवासमा नबस्ने घोषणा गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।