साउन ७ – निर्वाचन आयोगले मंसिर ७ को निर्वाचनका लागि संविधान र ऐन संशोधन गर्न सरकारलाई दिएको समय आज सकिदैँछ ।

यो समयसम्म संविधान र ऐन संशोधन केही पनि नभएकाले पनि मंसिर ७ मा भने चुनाव नहुने लगभग निश्चित जस्तै बनेको छ ।

एमाओवादीको ५ दिनसम्म राजधानीमा चलेको विस्तारित बैठकले महाधिवेशनको मिति माघमा तोकिनु र सबै कमिटीहरु भंग गर्नुले पनि मंसिरमा चुनाव नहुने संकेत गरेको छ ।

त्यसो त विपक्षी दलहरुले मंसिरमा चुनाव कुनै पनि हालतमा हुन नसक्ने भनिरहेका छन् ।
यद्यपी, निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले मंसिर ७ गते निर्वाचन सम्पन्न गर्नका लागी संविधान र ऐन संशोधन गर्न सरकारलाई थप समय दिने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित सात्कारमा यादवले सरकारले निर्वाचनका लागी संविधान र ऐन कानून संशोधन प्रक्रिया सुरु गरिसकेकोले एक सातासम्म थप समय दिने तयारीमा आयोग रहेको जानकारी दिएका छन् ।

थोरै समयमा पनि सहमति गरेर नेपालका राजनीतिक दलहरुले ठूला ठूला परिवर्तन गरेको ईतिहास छ । त्यसैले हामि अलि लचक भएर ग्रेस प्रियड दिन सक्छौं यो निर्वाचन आयुक्त यादवको भनाई थियो ।

निर्वाचन सम्पन्न गर्न दलरुवीचको सहमति अनिवार्य भएको भन्दै आयुक्त यादवले दलहरुबीचको सहमति विनाको निर्वाचनको कुनै अर्थ नरहेको र त्यस अवस्थामा निर्वाचन पनि सम्भव नहुने पनि बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।