साउन ६ – एकीकृत नेकपा माओवादीको राजधानी जारी विस्तारित बैठक सम्पन्न सँगै एमाओवादीको केन्द्रदेखि तल्लोतहसम्का सबै कमिटी भंग भएका छन्
राजधानीमा जारी विस्तारित बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको हो ।
एकीकृत भएपछिको माओवादीले पार्टी फुटेपछि आगामी माघमा पहिलो महाधिवेशन तय पनि गरेको छ ।
बैठकले केन्द्रदेखि पोलिटब्यूरो तथा राज्य समिति लगायतका सबै समितिहरु भंग पनि गरेको छ ।
विस्तारित बैठकको समापनका क्रममा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउने घोषणा पनि गरेका छन् ।
एमाओवादीका सबै समिति भंग भएपछि महाधिवेशन आयोजक समितिमा आदिवासी, जनजाति, मुस्लिमलगायतलाई पनि समावेश गरिने बताइएको छ ।
माओवादीले सहरी जिल्लाका ईञ्चार्जलाई गाउँ र गाउँकालाई सहरमा पठाउने निर्णय पनि गरेको छ ।
|