साउन ७ – नवगठित नेकपा– माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले गरेको निजी उच्च माध्यमिक विद्यालय बन्दका कारण आज देशभरका पठनपाठन ठप्प भएको छ ।

विदेशी नाम खारेज गरी स्वदेशी नाम राख्नुपर्ने लगायतका माग राखेर मोहन वैद्य नेतृत्वको पार्टीनिकट विद्यार्थी संगठनले आज र भोली उच्च माध्यमिक विद्यालय बन्दको आहृवान गरेको हो ।

बन्दले देशभरका ५ सय ७६ उच्च माविहरुको पठनपाठन ठप्प भएको छ ।

संगठनले निजी विद्यालय र कलेजहरुले लिएका शुल्क वैज्ञानिक हुनुपर्ने, महँगा होडिङ बोर्ड हटाउनुपर्ने, दर्ता नगरी सञ्चालित निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।