साउन ५ – अमेरिकाको डेनवरस्थित एक फिल्महलमा आज एक आक्रमणकारीले अन्धधुन्द गोलि चलाउँदा १४ जनाले ज्यान गुमाएका छन् ।


सो घटनामा परि अन्य ५० जना मानिसहरू घाइते भएका छन् । घटनाका बेला उक्त फिल्म हलमा व्याटस्म्यानको फिल्म ‘द डार्क नाइट राइजेज’ को प्रीमियर भैरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारमा जनाइए अनुसार आक्रमणकारी बंदूकधारीले ग्यास मास्क लगाएको थियो । डेनवरको नजिकै रहेको आरोडा मल स्थित सेन्चुरी थियेटरमा यो घटना भएको प्रहरी अधिकारीले बताएका छन् । गोली चलाउनु अघि उक्त आक्रमणकारीले अश्रुग्यास पनि विस्फोट गरेको थियो । आक्रमणपछि उक्त व्यक्ति फरार भएको बताइएको छ ।

प्रहरीले घटनाबारे अध्ययन अनुसन्धान सुरु गरिसकेको भएपनि अहिलेसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् ।

सो घटनाको भिडियो तल हेर्नुहोस


Video Uploaded By Third Person.

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।