गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष जीवा लामिछानेले सोलिडारिटी ट्रष्टलाई १ लाख सहयोग गरेका छन् ।

सहयोगप्रति सोलिडारिटी ट्रष्टले आभार व्यक्त गर्दै एक प्रेस विज्ञप्ति निकालेर खुसी प्रकट गरेको छ ।


ट्रष्टकी सचिव चन्दा थापाद्वारा जारी गरिएको विज्ञप्तिमा ट्रष्टको जन्मभाव अनुसार अघि बढ्न र उद्देश्य हासिल गर्न उहाँको सहयोग उत्प्रेरणाका रुपमा लिइएको तथा दाताहरुबाट प्राप्त सहयोग पारदर्शिताका साथ उपयोग हुने प्रतिबद्वता समेत व्यक्ति गरिएको छ ।

ट्रष्टद्वारा जारी गरिएको प्रेंस विज्ञप्ति यस्तो छ:
                                                         प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष जिवा लामिछानेद्वारा सोलिडारिटी
ट्रष्ट नेपाललाई गरिएको रु १ लाख सहयोग प्रति ट्रष्टले  उहाप्रति हार्दिक
आभार व्यक्त गर्न चाहान्छौं ।
  संसारभरीका
नेपालीलाई आप्रवासन कानून सम्बन्धी जानकारी दिँदै नेपाली भएर नै
निर्धक्कका साथ बस्न पाउने मनोबल जगाउन, नेपालीहरूको विभिन्न स्तरका
समस्या पहिचान गर्दै समाधानका लागि आवश्यक निकायसँग समन्वय एवम् सहकार्य
गर्न, विभिन्न प्रकारका तनाव, हिंसा र समस्याबाट फर्केका नेपालीको तत्कालिक
पुनस्र्थापना एवम् व्यवस्थापनको परामर्श दिनु, पैसा–प्रविधि–अनुभव र
सभ्यताको विप्रेषणलाई उत्पादन अभियानसँग जोड्दै मुलुकको समृद्धिका पक्षमा
जागरण ल्याउन, विदेशमा दुःख कष्ट वा जोखिममा परेका नेपालीको उद्वार एवम्
पुन: स्र्थापनामा सक्रिय तथा विदेशी भूमिमा किर्तिमान कायम गरी देशको
इज्जत एवम् गौरव बढाउने व्यक्ति-संस्थालाई सम्मान गर्ने संस्कृतिको विकास
गर्न, गैरआवासीय नेपालीहरूको एकतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने
संस्था तथा व्यक्तिहरूलाई उत्प्रेरणा जगाउने लगायतका मूलभूत उद्देश्य
राखेर स्थापना भएको सबैलाइ विदितै छ । यसै संदर्भमा गैरआवासीय नेपाली
अभियन्ता हिक्मत थापालाइ “बेष्ट एनआरएन” को सम्मान पनि यहाँ संस्मरण गराउन
चाहान्छौं ।
 ट्रष्टको
जन्मभाव अनुसार अघि बढ्न र उद्वेश्य हासिल गर्न उहाँको सहयोग
उत्प्रेरणाका रुपमा लिइएको तथा दाताहरुबाट प्राप्त सहयोग पारदर्शिताका साथ
उपयोग हुने प्रतिबद्वता व्यक्त गर्न चाहान्छौं ।


चन्दा थापा

सचिब
सोलिडारिटी ट्रष्ट नेपाल
सम्पर्क नं ९८४१४८०८००

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।