साउन ४ – भक्तपुरको दधिकोट गाविस–४ बस्ने पूर्व सैनिक रविराम रावतको घरमा हतियार देखाएर लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

ललितपुर जिल्ला लामाटार गाविस–९ घर भई हाल ललितपुरको च्यासल बस्ने २५ वर्षीय पूर्णथिङ तामाङसहित सोही स्थान बस्ने वर्ष २२ का राजेन्द्र तामाङ, वर्ष २० का कमल तामाङ र वर्ष १९ का प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको समूहबाट प्रहरीले चार थान मोबाइल, सुन जस्तो पहेलो देखिने औंठी एक थान, कानमा लगाउने झुम्का दुई थान, हातमा लगाउने बाला एक थान, ठूलो खुकुरी एकथान र प्लाष्टिकको माक्स एकथान बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरीले रु दुई लाख पाँच हजार ८०० बराबरको चोरी भएको जानकारी दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।