साउन ३ – आर्थिक अनियमतिताको आरोप लागेका १२ जना माओवादी पूर्व लडाकु कमाण्डरहरुले सामुहिक रुपमा राजीनामा दिएका छन् ।
पूर्व लडाकुहरुले एमाओवादी राजधानीमा जारी विस्तारित बैठकमा शिविरका कमाण्डरले आर्थिक अनियमितता गरेको कुरा चर्को रुपमा उठाएर बैठक नै अवरुद्ध पारेपछि कमान्डर र सहायक कमान्डर समेत गरी १२ जनाले आज पार्टी नेतृत्व समक्ष राजीनामा बुझाएका हुन् ।
हिजो पूर्व लडाकुहरुले हिनामिना भएको हिसाब किताब प्रष्ट नभएसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएपछि अध्यक्ष प्रचण्डको निर्देशनमै उनीहरुले राजीनामा दिएको बुझिएको छ ।
राजीनामा बुझाउने पूर्व कमाण्डरहरुमा एक नम्बर शिविर इलामका यमबहादुर अधिकारी, दुई नम्बर सिन्धुलीका सुकबहादुर रोक्का, तस्रो डिभिजन चितवन शक्तिखोरका धनबहादुर मास्की, चौथो शिविर नवलपरासीका तेजबहादुर रोक्का, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र सातौं डिभिजन कैलालीका सन्तु राई छन् । ती ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा गरेका छन् । पाँचौ शिविरमा कमान्डर लामो समयदेखि रिक्त छ ।
माओवादी लडाकुका तत्कालीन ७ मुख्य र २१ सहयाक शिविरका कमान्डरले मासिक १ हजारका दरले उठाउने, रासन र भत्ता वापतको रकममा अनियमितता गरेको आरोप छ ।
यो पनि नछुटाउनुहोस्:
लडाकुले हिनामिनाको रकम मागेपछि प्रचण्डले रोके विस्तारित बैठक
|
|








