साउन ४ – उपल्लो मुस्ताङमा भुस्याहा कुकुर र स्यालको आतङ्कले त्यहाँका स्थानीयहरुलाई हैरानी दिएको छ ।
कुकुर र स्यालले आक्रमण गरेर एकै गाउँका ३०० च्याङ्ग्रा मारिदिएपछि किसानहरु चिन्तित भएका हुन् ।
भुस्याहा कुकुर र स्यालले लखेटेर आक्रमण गर्दा उपल्लो मुस्ताङको छोसेर गाउँ विकास समितिमा गत वैशाख महिनायता करिब ३०० भन्दा बढी भेडाच्याङ्ग्रा मरेका हुन् ।
गाउँ नजिकै भेडाच्याङ्ग्रा चराउन लैजाँदा कुकुर र स्यालले चरन क्षेत्रबाट लखेटेर मार्ने गरेको बताइएको छ ।
कुकुर र स्यालको आतङ्कका कारण आम्दानीको मुख्य स्रोत पशुपालन व्यवसायको विकल्प खोज्नुपर्ने भएपछि उनीहरुमा चिन्ता थपिएको हो ।
हिउँचितुवालाई असर गर्ने भएकाले विषको प्रयोग गरेर भुस्याहा कुकुर र स्याल नियन्त्रण गर्न नसकिएको किसानले बताएका छन् । भर्खरै जन्मिएका पाठापाठीहरूलाई कुकुर र स्यालले मार्ने गरेको छ ।
पछिल्लो समय स्याल र कुकुरले गाई र घोडालाई समेत आक्रमण गरी घाइते बनाउन थालेको छ । छोण्हुप, लोमन्थाङ, चराङ, घमी, सुर्खाङ, छुसाङ, कागबेनीलगायतका गाविसका किसान भुस्याहा कुकुर र स्यालको आतङ्कका कारण चिन्तित भएका्े कागबेनी फलेकका निमाछिरिङ गुरुङ बताउँछन् ।
|