साउन ४ – लगातारको वर्षाका कारण सिरहाका २० घर डुबानको सिकार बनेका छन् । वर्षाको पानीले लहान नगरपालिका–४ स्थित २० घर डुबानमा परेका हुन् ।
नगरपालिकाले ढल निकासीको व्यवस्थापन गर्न नसक्दा घर डुबानमा परेका हुन् ।
नगरपालिका–४ स्थित रामेश्वर यादव, सुरतलाल चौधरी, मेनुका साह, प्रमोद चौधरीलगायतका २० घरपरिवार डुबानमा परेका छन् ।
पानी निस्कने ढलको व्यवस्थापन गर्न नगरपालिकालाई पटकपटक ताकेता गरिए पनि कुनै चासो नदेखाइएका कारण बर्सेनि डुबानमा पर्ने गरेको स्थानीयहरुको गुनासो छ ।
घर डुबानमा परेकाले बाहिर निस्कन समेत कठिनाई भएको स्थानीयवासी बताउँछन् । डुबानमा परेका २० परिवारका करिब तीन थुप्रै बालबालिका विद्यालयसमेत जान सकेका छैनन् ।
|
|
Comments








