साउन ३ – प्रहरीमा जागिर लगाइदिने भन्दै एक व्यक्ति सिरहा र सप्तरीका युवासँग रु ११ लाख ठगी गरेर फरार भएका छन् ।

सिरहा लालपुर–२ का अमरबहादुर लामिछानेले ती युवासँग जनही रु एक एक लाखका दरले ठगेका हुन् । सिरहा भदैया–१ का पीडित विष्णुप्रसाद चौधरीले उजुरी दिएपछि घटना सार्वजनिक भएको छ ।

अभियुक्त लामिछाने अहिले सम्पर्क बाहिर छन् । उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।