साउन ३ – राजधानीको गोङ्गबुस्थित शिवमन्दिरनजिकै रहेको सुन पसलमा लुटपाट गर्न पुगेका दुई भारतीयलाई प्रहरीले प्रक्राउ गरेको छ ।

शिवमन्दिरनजिक रहेको धौलागिरि सुनाचाँदी पसलमा पुगेका तीनजनाको समूहले लुटपाट गर्दैछ भन्ने विशेष सुराकीका आधारमा गोङ्गबु प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्रन सफल भएको हो ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता धीरजप्रताप सिंहले सुनचाँदी पसलमा लुट्न पुगेका तीनमध्ये दुईलाई प्रनानि बोगटीको टोलीले घटनास्थलबाटै पक्राउ गर्न सफल भएको बताए ।

प्रहरीको टोली त्यहाँ पुगेपछि लुटेरा एक राउन्ड फायर गरेर भाग्न खोजेको र प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।