साउन ३ – एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पूर्व लडाकुहरुले माथिल्लो तहमा हिनामिना भएको हिसाब किताब प्रष्ट गर्न माग गरेपछि बैठक नै स्थगित हुन पुगेको छ ।

विस्तारित बैठकमा लडाकुहरुले हिसाव पारदर्शी हुनुपर्ने भन्दै चर्को रुपमा आवाज उठाएपछि बन्दसत्रको सबै कार्यसुचि नै प्रभावित बन्न पुगेको थियो भने बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा पूर्व लडाकुहरुले माथिल्लो तहमा भएको रकम हिनामिना छानबिन गर्न माग गरेपछि खानपछि २ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र लडाकुकको मागका कारण हुन नसकेको हो ।

सेना समयोजनका क्रममा पनि शक्तिखोरका लडाकुहरुले रकम हिनामिनाको प्रश्न उठाउँदै सिविर बाहिरै निस्केर विरोध समेत जनाएका थिए ।

लडाकुहरुले यस्तो आवाज उठाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकुहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

बैठकमा १४ वटा समूह बनाई सुरु गरिएको छलफल पनि लडाकुको हिसाब किताब मागले प्रभावित भएको छ ।

हिजोबाट सुरु भएको बैठकको पहिलो सत्र बिहान ११ बजेदेखि सुरु भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।