विश्व जगतमा कहिले कहीँ पत्याउनै गाह्रो हुने किसिमका घटनाहरु नघटेका त होइनन् । यस्तै अवस्थामा हाम्रै छिमेकी राष्ट्र चीनमा एउटा नाङ्गो मान्छेले सडकमा नाङ्गै उधुम मच्चाएपछि उनको चर्चिकला विश्वभर नै छरप्रष्ट हुन पुगेको छ ।
उनको नग्न उधुमताले निक्कै कडा मानिएको चिनियाँ कानुन र चिनियाँ ट्राफिक सिस्टमलाई खलबलाईदिन समेत भ्यायो ।

उनले सडकमा नांगै भएर मात्रै होइन कहिले नाँचेर, कहिले प्रहरीलाई नांगै सलाम ठोकेर अनि गुडिरहेको गाडीहरुलाई रोकेर चुम्बन गर्ने सम्मका चर्चिकला देखाईदिए । सो क्रममा उनले कारमाथि चढेर कारलाई चुम्बन गर्ने तथा चाट्नेसम्मका काम पनि गरेर सबैलाई आश्चर्य चकित पारेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिन केही समयसमेत खर्चिएको थियो । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने सार्वजनिक गरेको छैन । जो व्यक्तिले यसो गरेका थिए हेर्नुहोस फोटोमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।